नमस्ते पे वालेटमा थप सुविधा

Read Time = 2 mins

काठमाडौं । नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा पाउने भएका छन् । साथीभाइ र आफन्तसँग खाजा खाँदा होस् या सपिङ जाँदा, नमस्ते पेको स्प्लिट बिल सेवा कुनै झन्झटबिना छिटो, सरल र भरपर्दोरूपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । क्युआर स्क्यानमार्फत् मर्चेन्ट भुक्तानीमा पनि पनि यस्तो सुविधाबाट लाभ लिन सकिनेछ ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडिपिसी) नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्तरूपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

कम्पनीका अनुसार नमस्ते पेअन्तर्गत इन्टरनेट र स्मार्टफोन आवश्यक नपर्ने गरी युएसएसडीमार्फत् बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत् अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?