बूढीगण्डकी जलविद्युत्को काम द्रुत गतिमा अघि बढ्छ : प्रचण्ड

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत्को कामलाई द्रुुत गतिमा अगाडि बढाइने बताउनुभएको छ । मंगलबार धादिङ र गोरखाका जनप्रतिनिधिहरूसँग भेटको क्रममा प्रचण्डले सो कुरा बताउनुभएको हो । यसअघि प्रचण्डले चुनाव अघि बूढीगण्डकी जलविद्युत्को कामलाई द्रुत गतिमा बढाइने आश्वासन दिनुभएको थियो ।

सोही क्रममा मंगलबार धादिङ र गोरखाका जनप्रतिनिधिहरूले उक्त जलविद्युत्को काम कहिलेदेखि अगाडि बढ्छ भनी सोध्नुभएको थियो । जवाफमा प्रचण्डले संघीय सरकार गठनसँगै बूढीगण्डकी जलविद्युत्को काम तीव्रता लिने बताउनुभयो । यस्तै, धादिङ क्षेत्र नं २ का सांसद एवम् नेपाली कांग्रेस धादिङका सभापति धादिङले समेत भेटघाट गरेको छ ।

गोरखा र धादिङको सिमानामा रहेको बुढी गण्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारले तोकेको २१ वटा राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो । विश्वका आठ दश ठूला आयोजनामध्ये एक आयोजना मानिएको यस आयोजनाको जलाशयको क्षेत्रफल विश्वकै सबैभन्दा ठूलो ६३ वर्ग किमी हुनेछ, जसबाट १२०० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

१० वर्षमा सम्पन्न गरिसक्ने भनिएको यस आयोजनाको अनुमानित लागत २६० अर्ब अनुमान गरिएको छ । यस आयोजनाबाट प्रत्यक्ष प्रभावित धादिङका १३ र गोरखाका १४ वटा गरी २७ साबिकका गाविसहरू रहेका छन् । दुवै जिल्लाका २७ गाविसका करिब ६० हजार रोपनी जग्गा डुबानमा पर्ने र करिब आठ हजार १५३ परिवार विस्थापित हुने र करिब चार हजार परिवार पूर्ण रूपले विस्थापित हुने अवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?