धादिङको गल्छीबाट ६ किलो गाँजासहित तीन जना पक्राउ

प्रतिकात्मक तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वीलोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट ६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

बिहीबार राति काठमाडौंबाट भैरहवा तर्फ जाँदै गरेको ना ५ ख ७३९६ नम्बरको ट्रक र बा.प्र.०२-०३१ प ०६८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ट्रकभित्र रहेको जेब्रा झोला भित्र लुकाईछुपाई राखेको ६ किलो गाँजासहित तीन जना पक्राउ परेका हुन् । ट्रकमा गाँजा राखेर दुई जना भने मोटरसाइकलमा सबार रहेका थिए ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय बिमला तामाङ, मोटरसाइकलमा सवार गल्छी ५ का २५ वर्षीय सुनिल तामाङ र रुपन्देहीको तिलोतमा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय ट्रक चालक तिलबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

गाँजा पठाउन प्रयोग गरिएको बा.प्र. ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?