अल्टिमाका नयाँ स्मार्टवाच

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली ब्राण्ड अल्टिमा लाइफ स्टाइलले नयाँ दुई स्मार्टवाच बजारमा ल्याएको छ । कम्पनीले ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ ल्याएको हो । सीमित अवधिका लागि अल्टिमा वाच सर्कल तीन हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । अल्टिमा वाच सर्कलको बजार मूल्य भने पाँच हजार नौ सय ९९ रहेको छ ।

कम्पनीका अनुसार स्मार्टवाचमा फिटनेस निगरानी, कदम दूरी र क्यालोरीलगायतका स्वास्थ्य निगरानी सुविधा पनि रहेका छन् भने ब्लुटुथ कलिङ सुविधासमेत रहेको छ । वाटरप्रुफ स्मार्टवाचमा एक वर्षको ब्राण्ड वारेन्टी रहेको छ । अल्टिमा वाच म्याजिक प्रो पनि सीमित अवधिका लागि दुई हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यसको बजार मूल्य भने पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?