शपथ नखाँदै कानुनी झमेलामा सांसद, पुनः मतदानदेखि शपथ नगराउनेसम्मका मुद्दा सर्वाेच्चमा

Read Time = 3 mins

काठमाडौं । । शपथ खान नपाउँदै प्रतिनिधिसभामा निर्वाचित तीनजना सांसद कानुनी झमेलामा फसेका छन् । निर्वाचनको मतगणनामा धाँधली र नागरिकता प्रकरण छानबिनबारे उनीहरुविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर भएका हुन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।

उक्त अन्तिम परिणाम बिहीबार भोलि राष्ट्रपतिसमक्ष पेस हुनेछ । केही दिनमा सांसदहरूलाई शपथ खुवाइँदै छ । शपथ ग्रहण गर्नु पूर्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का सांसद रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सांसद लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले उहाँलाई शपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो । उहाँविरुद्ध युवराज लामिछानेले बुधबार सो रिट दर्ता गर्नुभएको छ। यता नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

धनुषा क्षेत्र नम्बर ४ मा मतगणनाका क्रममा धाँधली हुँदा आफू झिनो मतान्तरले पराजित भएको भन्दै यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठविरुद्ध रिट दायर गर्नुभएको हो ।

कांग्रेस सहमहामन्त्री यादव एमाले सचिवसमेत रहनुभएका उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित हुनु भएको थियो । यस्तै मंगलबार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समेत पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

इलाम क्षेत्र नम्बर १ मा मत गणनाको क्रममा निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै खनालको तर्फबाट रिट दायर भएको हो। सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुनु भएको थियो। बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा खनालले २३ हजार ८९ मत ल्याउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?