काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो ।
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।
कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिनुभएकाे छ ।
प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच