काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली काँग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’
नेपाली काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी बन्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच