महिलामन्त्री रेग्मीद्वारा राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्वनाको कुरा भएको उहाँको टिप्पणी थियो । शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढदै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद् विषय भएको गुनासो समेत गर्नु भयो । उहाँले मन्त्रालयमा बजेटनै नभएकाले हिंसा पीडित महिलाहरुलाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पार्नु भयो । मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुने गरी आफूले योजना तय गरेको दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘महिला आयोग त आफै आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम काम हुन सकेको छैन । त्यो बिडम्बनाको कुरा हो । तर मैले तपाईहरुलाई पैसाको सवालमा चाँही के भन्न पर्छ भने मन्त्रालयको बास्केटमा एक सुका पनि पैसा छैन । अवदेखि महिला हिंसा पीडितका लागि पैसा राख्नु हुन्छ । आगामी बजेटमा थोरै बास्केट फण्ड पनि हुन्छ । ताकि त्यस्ता पीडित महिलाहरुका लागि दिन सकियोस् । अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनु भयो भने पनि पकेटबाट दुई पैसा दिनु बाहेक मन्त्रालयसँग एक पैसा पनि छैन । पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताउनु भयो । ८० करोड भन्दाबढि बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्व ७८ करोड पु¥याइएको उहाँले बताउनु भयो । मन्त्री रेग्मीले ८० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन हुने गरी काम गर्न सक्ने अवस्था नरहेको स्पष्टिकरण समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘यो मन्त्रालयमा म आउँदा जम्मा ८० करोड बजेट थियो । तर अरु मन्त्रालयमा ८० अर्वसम्म बजेट छ । तर हाम्रो मन्त्रालयमा जम्मा ८० करोड बजेट थियो । जनसंख्याको हिसावले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक गर्दा लगभग ८० प्रतिशत जनसंख्याको अभिभावकीय मन्त्रालय यो हो । तर बजेट नै नभएपछि जति काम गर्छु भनेपनि कहा सकिन्छ र ? त्यो चाँही असाध्यै अप्ठयारो पाटो थियो । तर मैले यो मन्त्रालयलाई अर्वको मुख देखाउन सफल भए । एक अर्व ७८ करोड बजेट वृद्धि गरेर पु¥याइएको छ । त्यो पनि न्यून बजेट हो । तर डबल भने पु¥याइएको छ ।’

त्यस अवसरमा मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ कामहरु सुरु भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?