उचित विचारबाट शासन चलाऊ

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

मानिस कर्मले महान् हुने हो । कर्मलाई मानिसले जीवनको त्यो फल सम्झनुु आवश्यक छ जसमा मान्छेका सबै गुुणहरू समावेश हुन सकून् । मानिसको कर्म र ती कर्मबाट प्राप्त हुने फलले जीवनका सबै भावनालाई मानवोचित बनाएर राखेको हुुन्छ । यही कर्मको परिधिभित्र बाँच्ने र कर्मलाई सदा सत्कार्यमा लगाउने मानिसलाई महान् मानेका छन् इतिहास तथा शास्त्रहरूले पनि । शास्त्रको मर्यादा र उक्त मर्यादामा जीवन अर्पण गर्ने मानिसलाई कुनै पनि परिस्थिति तथा सामाजिक मान्यताले गतिलो बनाएर राखेको हुुन्छ । यही मानिस पुुजित हुुन्छ परिवार, समाज र राष्ट्रमा ।

मानिसलाई मानिसले नै योग्य र अयोग्य घोषणा गर्ने अधिकार हुुँदैन । उसले गरेका कर्मले नै संसारमा मानिसका सबै कुरा बाहिर आउने गरेका हुुन्छन् । जन्म, परिवार, समाज कहिले पनि उसका कर्मका लागि बाधा र व्यवधान बनेर आउन सक्दैनन् । उसका कर्मले निर्धारण गरेको बाटो व्यवधान बनेर उपस्थित हुने गर्दछन् । तिनलाई पञ्छाएर कर्मको मार्गमा गतिशील हुनुु मानिसको चेतना हो र त्यसले दिने जीवनको आधार पनि ।

युुद्ध संहार हो । समाप्त हो । मानवताको तिरस्कार हो भन्ने कुरा मेघनाथले कहिल्यै पनि बुुझेनन् । युुद्धले संसार, समाज, सृष्टि तथा मानिसले जिउने कला र चेतनालाई समाप्त पार्दछ भन्ने जानकारी उनमा आएन ।

रामायणमा विभीषणलाई कुल तथा भाइहरूको द्रोहीका रूपमा घोषणा गरिएको छ । विभीषणले जुुन काम गरे त्यसले तत्कालीन रावणको कुलको नाश भएको तर्क राखिएको छ । रावणको कुलको नाश गर्नुको मूल कारण विभीषणलाई मानिएको छ । त्यो वास्तवितक सत्य होला वा नहोला रामायणको विषय हो । रावणले गरेका सबै कर्मको फल लङ्कावासीले भोगे । रावणको अपराधलाई उनले एक्लै अनुुभव गरेनन् सम्पूर्ण लङ्कावासी नै उक्त अपराधका साक्षाी बने र भोगे पनि । तिनको कर्मको फल भोग्ने आधार सबै जनता, सैनिक तथा सन्तान भए ।

मेघनाथको प्रलाप :
रावणको सभामा पुुच्छरमा आगो लागेपछि हनुुमानले लङ्काको दहन गरे । हुनुुमानको कर्मबाट लङ्काका वासिन्दा त्रसित त थिए नै रावण पनि हतप्रभ बनेका थिए । यस्तो अवस्थामा के गर्न सकिन्छ ? भन्ने उनको मनमा अनेक प्रकारका तर्कनाहरू नाचिरहेका थिए । ती तर्कनाका माझमा रावणलाई भाइ विभीषणले मात्र होइन उनकी सहधर्मिणी मन्दोदरीले समेत सम्झाउने प्रयास गरिन् । उनको उक्त कुरा रावणको कानमा पस्न सकेन । मन्दोदरीको अभिव्यक्तिलाई रावणले आफ्नो बल र घमण्डका अघि पर्न समेत दिएनन् । मन्दोदरीको अभिव्यक्तिमा सीतालाई मात्र होइन सीतासित लङ्कामा जाडोको रात पनि सँगै आएको छ भन्ने धारणा थियो । यो जाडोले लङ्कालाई समाप्त पार्नेछ भन्ने धारणा मन्दोदरीको थियो । त्यसैले सीतालाई फर्काउनुहोस् भन्दै भनिन् तव कुल कमल विपिन दुुखदाई । सीता सीत निसा सम आई ।

यो अभिव्यक्तिले सीतामात्र होइन जाडो समेत आएको तर्क मन्दोदरीले राखिन् । मन्दोदरीको अभिव्यक्तिलाई उडाउने रावणलाई विभिषणले समेत सम्झाए । सीतालाई फिर्ता दिन आग्रह गरे । त्यो आग्रह बालुुवामा पानि समान भयो रावणका लागि ।

विभीषणको उक्ति नीतिपरक थियो । नैतिक आचरण, मर्यादा र नीतिमा चल्ने व्यक्तिका अभिव्यक्ति सदा वंश, सन्तान र कुलको हितका लागि हुने गरेका हुुन्छन् । विभीषणको उक्तिलाई मेघनाथले कहिले पनि स्वीकार गर्न चाहेनन् । जसले इन्द्र तथा देवतामाथि विजय प्राप्त गरेको छ त्यो कायर होइन । मेरा काका हजुरका भाई विभीषण कायर मानिएका छन्
सत्त्वेन वीर्येण पराक्रमेण धैर्येण शौर्येण च तेजसा च ।
एक कुुलेद्रस्मिन् पुरुषो विमुुक्तो विभीषणस्तात कनिष्ट एषः ।।
हे पिता ! हाम्रो राक्षसकुलमा एकमात्र कमजोर, लाचार पुुरुष हुुनुुहुन्छ मेरा कनिष्ट पिता र हजुरका भाई विभीषण ।
यो मेघनाथको प्रलाप थियो । हनुुमानलाई ब्रहृमपाशमा बाँध्ने मेघनाथले लङ्का दहनलाई राम्रोसित बुुझेका थिए । उनको कुलका धेरैलाई हनुुमानले मारिसकेका थिए तर पनि उनको गर्जना र उनले दिने अभिव्यक्तिमा घमण्ड भरिएर आएको छ । मेघनाथमा घमण्ड छ । उनमा बल छ । राक्षसकुलमा जन्मेका कारण छल पनि छ । बल,घमण्ड र छलबाट युद्ध जितिन्छ भन्ने विश्वास उनमा पलाएर बसेको छ । तर युुद्ध संहार हो । समाप्त हो । मानवताको तिरस्कार हो भन्ने कुरा उनले कहिले पनि बुुझेनन् । युुद्धले संसार, समाज, सृष्टि तथा मानिसले जिउने कला र चेतनालाई समाप्त पार्दछ भन्ने जानकारी उनमा आएन ।

त्यसैले ती दुुई मानिसका रूपमा आएका राम र लक्ष्मणलाई मैलै नै समाप्त पार्नेछुु भन्ने घमण्ड मेघनाथमा देखियो । छोराले बाबुुले गल्ती गरे भने सही मार्ग बताउनुुपर्ने हो तर त्यसो भएको छैन । उनले त
त्रिलोकनाथो ननुु देवराजः शक्रो मया भूूमितले निविष्टः ।
मैले इन्द्रलाई समेत स्वर्गबाट हटाएर पृथ्वीमा झारेको छुुु भने । ती दुुबै मानव मेरा लागि केही पनि होइनन् भन्ने तर्कलाई मेघनाथले राखे । यो युुद्धको ललकार थियो । तत्कालीन समयको संहार थियो । राक्षस कुलको समापन थियो र शत्रुुलाई कमजोर ठान्ने आधार थियो । यही आधार र आचारबाट तल झरे मेघनाथ ।

मेघनाथको अभिव्यक्ति राक्षसकुुलको कुलदीपकको थियो । बल र साहसमा समर्पित, अस्त्रशस्त्रमा निपुुण मेघनाथ राक्षसकुुलको संहारका लागि समर्पित थिए । आफ्नो वीरताप्रति उनको विश्वास थियो तर त्यहाँ नीति,मर्यादा र आफूभन्दा मान्यजनप्रति सम्मान थिएन । सम्मान भएको भए उनको अभिव्यक्ति यसरी आउने थिएन । रावणको वंश समाप्त पार्ने एउटा आधार थियो । उचित सल्लाह दिने काका विभीषणलाई कायर र पिताले गरेको निन्दनीय कर्मलाई सही ठहराउने मेघनाथ रामायणको युुद्धका लागि कारण हुन सक्ने आधार देखिए ।

विभीषणको प्रत्युुत्तर :
रावणपुत्र मेघनाथले आफ्ना काका विभीषणलाई कमजोर तथा कायर घोषणा गरे । युुद्धमा जान नसक्नुु वा युुद्धलाई सम्मान गर्न नसक्नुु कायरता होइन । मेघनाथको अभिव्यक्तिप्रति विभीषण पूूर्णरूपमा असहमत देखिए ।
न तात मन्त्रे तव निश्चयोद्रस्ति बालस्त्वमद्याप्यविपक्वबुुद्धिः ।
तस्मात् त्वयाप्यात्मविनाशनाय वचोऽर्थहीनं बहुु विप्रलप्तम् ।।
तिमी बालक छौ । तिम्रो बुुद्धि काँचो छ ।तिम्रो मनमा कर्तव्य तथा अकर्तव्यको कुनै निश्चित ज्ञान छैन । त्यसैले तिमी पनि आफ्नो विनाशका लागि रोई कराई गरिरहेका छौ । मेघनाथ रावणलाई युुद्धका लागि प्रेरित गर्ने व्यक्ति हुन् । उनका हरेक क्रियाकलाप पिताको कामलाई सह्राउनुु र सहमति प्रदान गर्ने देखिएको छ ।

असल शासकले सल्लाह उचित सल्लाहकारबाट लिने गरेको हुुन्छ । उसलाई उचित सल्लाह दिने सल्लाहकार नै उसका हितैषी हुुन् । निश्वार्थभावनाबाट सल्लाह प्रदान गर्ने व्यक्तिलाई शासकले सदा प्रशंसा गरेर र उचित मान दिएर राख्नुुपर्ने हुु्न्छ । शासकलाई उचित सल्लाह दिने व्यक्ति आज मात्र होइन त्यो समयमा पनि तिरस्कार भएका थिए । रामायणमा युुद्धलाई रोक्न अनेक प्रकारका सल्लाह विभीषणले रावणलाई दिए । दाजुुले गरेका खराब कर्मको फल लङ्काका जनताले भोग्नुु हुुँदैन भन्ने भावनाले उनी उचित सल्लाहको पक्षमा उभिए । उनी रावणबाट तिरस्कृत भए । राम र रावणको डरलाग्दो युुद्ध भयो ।

विदुुरले आफूूले सकेको सल्लाह र उचित परामर्श धृतराष्ट्रलाई दिए तर उनी पनि तिरस्कार भए । शासकलाई उचित सल्लाह दिन नसक्ने मेघनाथप्रति कटाक्ष गर्दै विभीषणले भन्छन् :
त्वमेव वध्यक्ष सुुदुुर्मतिश्च स चापि बध्यो य इहानयत् त्वाम् ।
बालं दृढं साहसिकं च योद्रद्य प्रावेशयन्मन्त्रकृतां समीपम् ।।
तिम्रो बुुद्धि परिपक्व छैन । तिमी स्वयं मार्ने योग्य छौ । तिमीमात्र होइन तिमीलाई यहाँ ल्याउने व्यक्ति पनि मृत्युुदण्डको योग्न छ । जसले तिमीजस्ता गलत व्यक्तिलाई सल्लाहका लागि यो सभामा बोलायो त्यो पनि मृत्युुदण्डको योग्य छ ।

शासक उचित सल्लाहकार र उचित व्यक्तिको सुुझाव अनुुसार चल्नुु आवश्यक छ । उचित सल्लाह दिने, चाकरी नगर्ने व्यक्ति नै सल्लाहकारका रूपमा योग्य मानिएको छ । जे भने पनि हो भन्ने प्रवृतिका माध्यमबाट शासन चलाउने प्रयास गरिनु हुँदैन ।

शासक उचित सल्लाहकार र उचित व्यक्तिको सुुझावअनुुसार चल्नुु आवश्यक छ । उचित सल्लाह दिने, चाकरी नगर्ने व्यक्ति नै सल्लाहकारका रूपमा योग्य मानिएको छ । पूूर्वलाई पश्चिमभन्दा पनि हो भन्ने प्रवृतिका माध्यमबाट शासन चलाउने प्रयास गरियो भने शासक मात्र होइन उसले शासन गर्ने व्यवस्था पनि समाप्त हुने गर्दछ । मेघनाथ बलमा निपुुण छन् । युुद्धमा सबल छन् । शस्त्र सञ्चालन र राक्षसनीतिमा गतिला होलान् । सभामा दिइने सल्लाहमा उनलाई विभीषणले योग्य मानेनन् । मेघनाथको योग्यता सल्लाहकारका रूपमा थिएन । सल्लाह उचित दिनुु आवश्यक छ ।

तर, त्यो परामर्श राज्य, जनता, देशका लागि उचित बनोस् यही कामना थियो विभीषणको । शासक समयानुुसार क्रूूर पनि हुुने गर्दछ । सत्ता चलाउन वा सत्ता टिकाउन उसले अनुुचित कार्य पनि गर्ने गरेको हुुन्छ । सल्लाहकारले त्यस किसिमका गलत क्रिया र शासकका कर्मलाई रोक्नुु अनिवार्य मानिन्छ । आफूले दिएको उचित सल्लाहबाट शासक विमुुख भयो भने शासकलाई त्याग भन्छ नीति । यही हो शासकले मनन गर्ने व्यवहार र शासन चलाउने आधार पनि । यही आधार अपनाइयो भने शासक प्रिय र जनता सुुखी मानिएका हुुन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?