काठमाडौं । स्टक ब्रोकर संघले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि हालकै अवस्थामा कार्यान्वयन गर्न नसकिने भन्दै कार्यविधि संशोधनको माग गरेको छ । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि संशोधन गरेर कार्यान्वयनलगत्तै संघले पुनः संशोधन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई थप सुझाव दिएको छ । संघका अध्यक्ष सन्तोष मैनालीले मागअनुसार संशोधन नभए कार्यान्वयन गर्न नसकिने भन्दै नेप्सेमा सुझाव पठाइएको बताउनुभएको छ ।
संघले कार्यविधि संशोधनका लागि दिएको सुझावमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग ऋण लिई लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने, ब्रोकरहरूले खुद सम्पत्तिको दुई गुणासम्म मार्जिन कारोबार सुविधालाई १० गुणासम्म बढाउनुपर्ने, मार्जिन कारोबारअन्तर्गत खरिद भएका धितोप राफसाफ भएपछि मार्जिन कारोबार पुल खातामा राख्नुपर्ने र पुल खातामा रहेको धितोपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्नुपर्ने रहेका छन् । संघले धितोपत्रको मूल्यांकन बढीमा ७० प्रतिशतसम्म कायम गर्नुपर्ने पनि माग गरेको छ ।
कार्यविधिमा स्रोतको व्यवस्थापन गर्ने विषय स्पष्ट नभएको भन्दै ब्रोकर कम्पनीले दैनिक राफसाफमा प्रयोग गरेर बाँकी रहेको इक्विटी प्रयोग गर्दा पनि पर्याप्त नहुने भएकाले बजारको मागलाई सम्बोधन हुने गरी कार्यविधि संशोधन भएर नआएको संघले जनाएको छ । सेयर धितो राखेर खरिद गरेको सेयर सुरक्षणका लागि ब्रोकरको अधिनमा हुने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।
सेयरमा उच्च गिरावट
बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ अंकमा झरेको छ । कारोबारमा आएका सबै समूहगत सूचक घटेसँगै समग्र नेप्से घटेको हो । यस दिन एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार सात सय ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुई सय ३२ कम्पनीका ४६ लाख ७४ हजार नौ सय४० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । आठ समूहगत सूचक दुई प्रतिशतभन्दा धेरैले घटेको छ । ब्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा र लगानी सूचकमा दुई प्रतिशतभन्दा बढीले घटेको छ ।
यस दिन सूर्या लाइफ इन्स्योरेन्स कारोबारको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको सर्वाधिक आठ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने एनआइसी एसिया बंैकको छ करोड ७३ लाख तथा नबिल बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरको चार करोड बढीको सेयर कारोबार भएको छ ।
नेपाल बैंक, शिवम् सिमेन्ट्स, निफ्रा र एनसिसी बैंक संस्थापक सेयरको तीन करोडभन्दा बढीको कारोबार भएको छ भने जाल्पा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एसिया सेलेक्ट फन्डको इकाई र आरएमडिसी लघुवित्तको सेयरमूल्य एक प्रतिशतभन्दा धेरैले घटेको छ । धेरै गुमाउने सूचीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।
शीर्ष १० गुमाउने कम्पनीको सूचीमा सोही समूहका कम्पनी रहेका छन् । एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ७.१३ प्रतिशत घटेर ३४५.४० रुपैयाँमा झरेको छ भने घलेम्दी हाइड्रोपावर, मैलुङखोला, शिवश्री, युनियन, ग्रिन भेञ्चर्स, पञ्चकन्या माई र बुद्धभूमि हाइड्रोपावर नेपालको सेयरमूल्य छ प्रतिशतभन्दा धेरैले घटेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच