युक्रेनी राष्ट्रपति जेलेन्स्की भन्छन्- रुसी आक्रमणको सामना गरी क्रिसमस मनाउनू

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई रुसी आक्रमणको सामना गर्दै क्रिसमस मनाउन आग्रह गरेका छन् ।

क्रिसमस दिवसका अवसरमा उनले देशको स्वतन्त्रता अहिलेका लागि सबैभन्दा ठूलो मूल्य रहेको बताएका हुन् ।

रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण अहिले लाखौँ युक्रेनी बिजुलीविहीन छन् । चिसोमा उनीहरु कष्टकर दैनिकी बिताउन बाध्य छन् । धेरै युक्रेनीका लागि क्रिसमस पनि अँध्यारो र चिसोमा नै बित्नेछ ।

युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनको दक्षिणी खेरसन सहरमा रुसी हवाई आक्रमण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?