काठमाडौं । संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताउनु भएको छ। उहाँले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताउनु भयो ।
यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ। उहाँले आज साँझ ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ ।
सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच