फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरूको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालिरहँदा विद्यार्थी संगठनहरूले फागुन २८ मा चुनाव गर्नुपर्ने बताएका छन्।

निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। तर, विद्यार्थी संगठनहरूले फागुन २८ मा चुनाव गर्नुपर्ने बताएका थिए।

त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्न प्रस्ताव गरेको बताउनुभयो ।

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने गर्ने तयारी गरेको थियो। त्रिविले यसका लागि आंगिक क्याम्पसहरूलाई तयारी गर्न भनेको थियो ।

त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्। ०६५ चैत ६ गतेपछि आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासनसहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

त्रिवि क्याम्पसमा २०६५ देखि स्ववियु चुनाव भएको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?