रुसी बम बर्षक आधारमा युक्रेनको हमला, तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । दक्षिणी रुसमा बम वर्षकहरुको एउटा हवाई आधारमा युक्रेनले ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु भएको मस्कोले जनाएको छ ।

एयर डिफेन्सले ड्रोनलाई इंगेल्स आधार नजिकै खसालेको थियो, तर भग्नावशेष खसेर तीन जना प्राविधिक कर्मचारीको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्ने बमवर्षकहरूको घर एयरफिल्डमा यस्तै आक्रमण गरेको युक्रेनलाई आरोप लगाएका थियो । आधार युक्रेनको सिमानाबाट करिब ६५० किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

युक्रेनी सेनाले आधिकारिक रूपमा पछिल्लो हमलालाई स्वीकार गरेको छैन । तर, ती विस्फोटहरू युक्रेनी भूमिमा रसियाले गरिरहेको परिणाम भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?