महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त हुनुभएकाे छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गर्नुभएकाे छ ।

नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट हुनुहुन्छ । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे हाे ।

महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठको नाम चर्चामा थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?