शेयर बजारमा छायाे हरियाली

Read Time = 2 mins

काठमाडौं । मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मगलबार ३.११ प्रतिशतले शेयर बजार बढेको हो ।

सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।

साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।

यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दुर सञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

यता, सिद्धार्थ बिमा, बहुउद्देशीय वित्तिय संस्था, अजोड बिमा र  सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै  धाैलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?