भारतले थप दुई आयोजनाबाट विद्युत् किन्ने

Read Time = 1 min

काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट विद्युत् निर्यात गर्ने अनुमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको काबेली बी १ (२४.२५) र तल्लो मोदी(१९.४) मेगावाटको विद्युत् निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उल्लेखित दुई आयोजनासमेत गरी भारतले हालसम्म ४५२.६ मेगावाटका १० वटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न अनुमति दिइसकेको छ । तथापि माथिल्लो तामाकोसीलगायतका आयोजनाको विद्युत् निर्यातका लागि भने हालसम्म अनुमति दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?