महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाउनुभएकाे हाे ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुहुन्थ्याे । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे थियाे ।

अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहस गर्नुभएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?