भोजपुर । प्रदेश १ स्थित संखुवासभाको मेन्छ्यिाम हाइड्रोपावरले अन्तिम परीक्षण सकेर उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका २ पिलुवाखोलामा निर्मित सो हाइड्रोपावरले ४.७२ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।
मेन्छ्यिामबाट उत्पादित विद्युत् चैनपुरकै बानेश्वरस्थित २२० केभीको सबस्टेसनमा जोडिनेछ । एक अर्ब बढीको लागतमा सो आयोजना छ वर्षमा सम्पन्न भएको हो । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेको छ । आयोजनाको उद्घाटन उद्योगपति विनोद चौधरीले गर्नुभयो ।
संखुवासभाका कांग्रेस सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सांसद दीपक खड्काको लगानीमा निर्माण भएको आयोजनाको अन्तिम परीक्षण उद्घाटन समारोहमा नबिल बैंक र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू ज्ञानेन्द्र ढुंगाना र किरण श्रेष्ठको पनि उपस्थिति रहेको थियो । विकल थापा अध्यक्ष रहेको मल्टी सोलुसन नामक कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच