उपभोक्ता समितिका सदस्यकै संलग्नतामा काठ तस्करी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा काठ तस्करीमा उपभोक्ता समिति सदस्यकै संलग्नता रहेको पाइएको छ । हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई प्रहरीले काठसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पश्चिम नवलपरासी सुनवल नगरपालिका–११ बस्ने शेषकान्त ढकाल रहेका छन् । सिसौ जातका रुखहरू अवैधरूपमा कटान गरी गाडीमा लोड गर्दै गरेको अवस्थामा नेपाल प्रहरीले ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सरावल गाउँपालिका-१ स्थित हरियाली सामुदायिक वनमा १९ गोलिया काठ लु १ च ७२८२ नं. को पिकअपमा लोड गर्दै गरेको अवस्थामा ढकालसहितलाई बासा प्रहरी चौकीमा कार्यरत यादव न्यौपानेको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी गराउनुभयो । पक्राउ परेका ढकालसहितलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बर्दघाटमा बुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?