सत्ता लोभका कारण प्रचण्डले बाटो विराएः डा महत

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकासशरण महतले अन्तिम अवस्थामा आएर प्रचण्डले धोखा दिएको बताउनु भएको छ ।

बर्दियाको गुलरियामा पत्रकार संग भेटघाट गर्दै महतले गठबन्धन १५ देखि २० वर्ष सम्म लैजाने नेपाली काग्रेसको योजना भएपनि सत्ता लोभका कारण प्रचण्डले बाटो बिराएको आरोप लगाउनु भएको हो ।

निर्वाचन पहिलो दल बनेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीको दावी गरेको नेपाली काँग्रेसले त्यसलाई अन्यथा लिन नहुने बताउदै महतले प्रधानमन्त्री बन्ने लालचका कारण गठबन्धन भत्किएको बताउनु भयो ।

साथै उहाँले यो गठबन्धन पनि धेरै समय टिक्न नसक्ने दावी समेत गर्नु भयो । पार्टिको आन्तरिक द्वन्द्वका कारण पनि गठबन्धन टुटेको भएपनि नेपाली काँग्रेसका केहि पदाधिकारी सच्चिनु पर्नेमा उहाँको जोड थियो ।

गठबन्धन टुट्ने अवस्थामा पार्टिका जिम्मेवार पदाधिकारीलाई काठमाण्डाैं नछोड्ने सर्कुलर भएपनि त्यसको व्यवास्ता गर्ने केहि पदाधिकारीले बोल्ने भाषा पार्टिको लागि दुखद् भएको टिप्पणी गर्नु भयो । अव नेपाली काग्रेसले प्रतिपक्षको भुमिका निभाउने भएको हुँदा शसक्त रुपमा  अगाडि बढ्ने उहाँले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?