हिमाको हिउँदे गाउँसभा: सेवा प्रवाहलाई चुस्तदेखी वडाबाट जग्गा रजिष्ट्रेशन सेवा संचालनसम्म

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले १३ औँ हिउँदे गाउँसभाबाट विभिन्न ऐन नियमदेखी सेवा प्रवाहलाई चुस्तदेखी वडा कार्यालयबाट जग्गा रजिष्ट्रेशन सेवा संचालन गरि कार्यान्वयमा ल्याएको छ ।

सो हिउँदे गाउँ सभाबाट युवा विकास समिति नियम २०७९ पास समेत गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयाे । उहाँले भन्नुभयो,“ पालिका भित्रका युवाहरुलाई रोजगारी सृजना गर्ने र युवाका क्षेत्रमा काम गर्नको लागि युवा विकास समिति नियम पास गरिएको छ । यस्तै निर्माण व्यवसायिक कार्यविधि, २०७९ र निर्माण व्यवसायि ऐन, २०७९ गाउँसभाबाट पारित गरिएको छ । ”

सेवा करारका कर्मचारिहरुको म्याद थप गरि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक प्राविधिक कर्मचारीको लागि दुई वर्षसम्म रोकिएको विज्ञापन रद्ध गरि नयाँ विज्ञान गर्ने विषयलाई पनि गाउँसभाबाट पारित गरिएको छ । हिउँदे गाउँसभाबाट दिगो खानेपानी तथा सरसफाई स्वच्छता परियोजना सु-स्वाको आयोजना र कार्यक्रम स्वीकृत तथा समर्थन, आर्थिक वर्ष २०७८/०७९ को लिसा र फारा मुल्याङ्कन,सूचना प्रविधि अधिकृतको पारिश्रमिक र स्थानीय भत्ता, कर्मचारीको जिम्मेवारी र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु गाउँसभाबाट पारित भएको पालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

हिमाका चार सय ४३ घरपरिवारको सुरक्षित नागरिक आवास कार्यक्रमबाट छाना फेरिने र वडा नं. १ को मालिङ्गेमा फोर जी टावर संचालनमा आएको,स्वास्थ्य बीमा कार्यक्रम पूर्णरुपमा कार्यान्वयनमा ल्याएको अध्यक्ष शाहीले बताउनुभयाे । यस्तै सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई निः शुल्क एम्बुलेन्स सेवा, असोज तेस्रो साता परेको अविरल वर्षाले अवरुद्ध भएका ग्रामिण सडक संचालन, निःशुल्क स्वास्थ्य शिविर संचालन गरि नागरिकलाई घर आगनमै स्वास्थ्य सेवा दिन सफल, वडा नं. २ को रिखिदेउ र वडा नं. ७ को धाँचु गाउँमा स्वास्थ्य इकाई स्थापना, रुपाकोट आधारभुत विद्यालयमा चार कोठे पक्कि भवन निर्माण भइ संचालनमा आएको गाउँपालिका उपाध्यक्ष सुर्पणा शाही बताउनुभयो ।

पालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष रतनवहादुर शाहीले हिमाका नागरिको अपेक्षा अनुसार काम गरेका छौ । छोटो समयमा हिमा सरकारले गरेको कामले यहाँका स्थानीयलाई खुसी बनाएको पालिका प्रवक्ता शाहीले बताउनुसभयो । गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म रहेको बैँकसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकलाई यातायात सेवा दिएको वडाध्यक्ष शाहीको भनाइ छ ।

हिमावासिको आवश्यकता र उनीहरुको चाहना अनुसार विभिन्न समयमा गाउँमै स्वास्थ्य शिविर संचालन गरि नागरिकलाई घरमै सेवा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।

यस्तो छ हिमा गाउँपालिकाले गरेको मुख्य–मुख्य कामको उपलब्धीहरुः

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?