युवा सेफ प्रतियोगिता आयोजना

Read Time = 3 mins

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले असीमित रचनात्मकता, स्थानीय सामग्रीको प्रयोग तथा स्वास्थ्य र दिगोपन पक्षलाई आत्मसात गर्दै समसामयिक नेपाली पकवान विषयक युवा सेफ प्रतियोगिता आयोजना गरेको छ । काठमाडौंमा आयोजित प्रतियोगिताको मास्टर शेफ सन्तोष शाह, शेफ जितेन प्रधान र शेफ दिनेश हुमागाईं सम्मिलित निर्णायक मण्डलले पाक कला र दक्षताको मूल्यांकन गरेको थियो ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरू आइएसटी, गेट, जिसिआई, प्रिमियर होटल स्कुल र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली शेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । उनीहरूले नेपालको विविध संस्कृति र क्षेत्रबाट केही स्वादिष्ट एवं मौलिक नेपाली व्यञ्जनलाई प्रोफेसनल पाक कला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरेका थिए । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्ययनरत श्रवण राई र रेश्मा श्रेष्ठले विजेताका रूपमा पाटा युवा पर्यटन प्रोफेसनल शेफ प्रतियोगिताको उपाधि हात पारेका छन् । त्यस्तै, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै प्रसुनकुमार, बिजेन बिडारी प्रथम उपविजेता र प्रिमियर होटल स्कुल–पिएचएस प्रतिनिधित्व गर्दै राहुल धमला र शेर्या कान्दङ्वा द्वितीय भएका छन् ।

मास्टरसेफ शाह र शेफ प्रधानले सहभागी विद्यार्थीका लागि संक्षिप्त ‘मेन्टरसिप सेशन’ समेत सञ्चालन गरेका थिए भने सोही दिन आयोजित कन्टेन्ट राइटिङ प्रतियोगितामा नाथम कलेजकी छात्रा आश्माकुमारी थापा प्रथम, ग्लोबल कलेज इन्टरनेशनलकी छात्रा आश्मा आले मगरले द्वितीय तथा मिडभ्याली इन्टरनेशनल कलेजका छात्र मुकुल सुवेदीले तृतीय स्थान हासिल गरेका छन् । कार्यक्रममा पाटा नेपाल च्याप्टरका कोषाध्यक्ष खेम लकाई, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले नेपाली परिकारको प्रवद्र्धनमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?