सुदूरपश्चिम प्रदेशमा आज सभामुख चयन

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिनुभयएको छ ।

सुदूरपश्चिम प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका सुदूरपश्चिममा ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन् । सभामुखमा मनोनयन दर्ता गराउनुभएका भण्डारी बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह हुनुहुन्छ । सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन् । सभामुखमा मनोनयन दर्ता गराउनुभएका मानबहादुर रावल अछामबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?