तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् ।

तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमती प्रियंका थापा पक्राउ परेकी छन् ।

प्रियंकाले गत मंसिर १७ गते आफ्ना श्रीमान थापालाई पटक–पटक विवाद पश्चात ज्यान मार्ने उद्देश्यले पेटमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन् । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाएको सूचना पाउना साथ वारदात स्थानमा गएको जिल्ला प्रहरी कार्यालको प्रहरी टोलीले श्रीमती प्रिंयकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरीले उक्त चक्कु सहित उनलाई पुस २६ गते फेला पारी नियन्त्रणमा लिएको हो । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?