थप ९ जनामा कोरोना पुष्टि, २८ जना सक्रिय संक्रमित

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या २८ रहेको छ । उनीहरुको उपचार भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?