नयाँदिल्ली । श्रीलंकाले भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलको सिरिजमा ३१७ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिन स्विपसमेत गरेको छ । जितका लागि ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३१७ रनको हार अन्तर रनको सर्वाधिक बढी हो । यसअघि ओडिआईमा सर्वाधिक फराकिलो हार २००८ मा आयरल्याण्डले न्युजिलयान्डविरुद्ध २९० रनको बेहोरेको थियो ।
श्रीलंकाका ओपनर नुवानिदु फ्रेनान्डोले २७ बलमा चार चौकासहित सर्वाधिक १९, कप्तान दासुन शानका ११ र कसुन रजिथाले १३ रन बनाउँदा अन्य आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका मोहम्मद शिराजले १० ओभरमा एक मेडनसहित ३२ रन खर्चेर चार विकेट तथा मोहम्मद शामी र कुलदीप यादवले दुई–दुई विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन बनाएको थियो ।
भारतका विराट कोहलीले ११० बलमा १३ चौका र आठ छक्कासहित १६६ रनको शतकीय इनिङ खेल्नुभयो । यस्तै, ओपनर शुभमन गिलले ९७ बलमा १४ चौका र दुई छक्कासहित ११६ रन रन जोड्नुभयो । त्यसबाहेक श्रेयस ऐर ३८ र रोहित शर्मा ४२ रनमा आउट हुनुभयो ।
श्रीलंकाका लाहिरू कुमाराले १० ओभरमा एक मेडनसहित ८७ रन खर्चेर दुई विकेट लिनुभयो । कसुन रजिथाले १० ओभरमा एक मेडनसहित ८१ रन खर्चेर दुई विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच