वामदेव गौतम एमालेमा जान तयार, ६० लाख भोट कटाउन प्रयास गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राख्नुभएको छ ।

आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उहाँले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने सर्त राख्नुभएको हो ।

अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराउनु भयो ।
आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताउनु भएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिनुभएको छ ।

एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा हुनुहुन्छ ।

साथै एमालेले ६० लाख भोट कटाउन आफू लागि पर्ने र त्यो जिम्मेवारी दिन गौतमले ओलीसँग आग्रह समेत गर्नुभएको छ । साथै नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई एमालेमा समाहित गर्न आफू तयार रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?