मोदी र बाइडेनबीच द्विपक्षीय भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनका क्रममा शुक्रबार राति उहाँहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक तथा जनसम्बन्धबारे कुराकानी भएको बताउनुभएको छ । उहाँले बाइडेनसँगको वार्ता अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको छ। भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका-भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको जनाइएको छ।

दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने उहाँहरूले प्रतिवद्धता जनाएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?