काठमाडौं । फिल्म 'सिड्नी' मा अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री रिमा बिश्वकर्माको अभिनय देख्न पाइने भएको छ ।
राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।
पहिलो पटक एकसाथ सहकार्य गर्न लागेका सबिन र रिमा फिल्मलाई लिएर निकै नै उत्साहित देखिएका थिए।
नयाँ फिल्म 'सिड्नी'को घोषणा कार्यक्रममा दुई कलाकार पोजपोजका फोटो सुट समेत गरेका थिए ।
ठुलो संख्यामा नेपाली विद्यार्थीहरु रहेको अष्ट्रेलियाको ठूलो शहर सिड्नी नाममा नेपाली चलचित्र बन्ने भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी देव कुमार श्रेष्ठले निर्देशन गर्ने ‘सिड्नी’को औपचारिक जानकारी गराईएको छ ।
एक्सन तथा थ्रिलर जनरामा बन्ने यो चलचित्रमा सविन श्रेष्ठ र रीमा विश्वकर्माको प्रमुख अभिनय रहनेछ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुने बताईएको छ । यसमा नेपालदेखि अष्ट्रेलियासम्मको कथा रहने निर्देशक श्रेष्ठले बताए ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् ।
हेर्नुहोस् तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच