ग्लोबलको देशव्यापी महिला स्वास्थ्य शिविर

Read Time = 3 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवका अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बैंकले महिला सशक्तीकरणको प्रयासस्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरूपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरूपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा जस्तै महिला स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्करूपमा उपलब्ध गराएको बैंकले जनाएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रमअन्तर्गत प्रदेश १ को इलाम नगरपालिका १, साँखेजुङस्थित वडा कार्यालय, मधेश प्रदेशको रौतहटको फतुवा विजयपुर नगरपालिका वडा ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बागमती प्रदेशको दोलखाको कालिञ्चोक गाउँपालिका वडा ६ लापिलाङस्थित पारच्याङ स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले गण्डकीको बागलुङ, निसिखोला गाउँपालिका-३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ्यचौकी, लुम्बिनीको रोल्पा, रुन्टी गढी नगरपालिको होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, कर्णाली सुर्खेतको लेकबेंसी नगरपालिका ६ स्थित कल्याण स्वास्थ्यचौकी र सुदूरपश्चिम डोटी, जोरायाल नगरपालिका ५ खहडास्थित गडशेरा स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरेको छ । शिविरमा आठ सय नौ महिलाले सेवा लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?