ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ माघ ५ गते बिहीबार, ई.सं १९ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष द्वादशी, ९ः४१ बजे उप्रान्त त्रयोदशी, नक्षत्र- ज्येष्ठा, १२ः२५ बजे उप्रान्त मूल, योग- ध्रुव, करण- तैतिल, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः५७, सूर्यास्तः १७ः३२ ।
मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
सिंह : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
कन्या : परिश्रम गरेमा सोचेजस्तै उपलब्धि लिन सकिने छ ।
तुला : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
धनु : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
मकर : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
मीन : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच