स्वास्थ्यमन्त्रीद्वारा नेता पुनको अवस्थाबारे जानकारी

Read Time = 1 min

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । वंशाणुगत जन्डिस रोगका कारण पीडित हुनुभएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत हुनुहुन्छ ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेललगायतका नेताले पनि उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?