बाजुरामा एक १८ वर्षीया किशोरीको खोलामा डुबेर मृत्यु

सांकेतिक तस्बिर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर–५ भुकाखोलामा डुबेर एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

जिल्लाको स्वामीकार्तिकखापर गाउँपालिका–२ मुक्तिकोट गाउँकी १८ वर्षीया किशोरी प्रमिला बिकको खोलामा डुबेर मृत्यु भएको हो ।

शनिबार बिहान १० बजे घरबाट घट्ट पिस्न भनेर जगन्नाथ गाउँपालिका–५ मा रहेको भुकाखोलमा निस्किएकी प्रमिलाको घट्ट नजिकै रहेको भुकाखोलामा नुहाउने क्रममा उनको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

एक पटक नुहाएर आएको र फेरि उहीँ खोलामा नुहाउन जाँदा डुबेर मृत्यु भएको प्रमिलाका अन्य साथीहरुको भनाई छ । करीब आधा घण्टासम्म खोलामै डुबेको र उद्धार गर्न नसकिएपछी उनको मृत्यु भइसकेको उद्धार कर्ताहरुले जानकारी दिएका छन् ।

खेलामा डुबेको एक घण्टापछि नजिकै रहेका अन्य स्थानीयले उनको उद्दार गरेका थिए । उद्दार गर्न खोलामा गएका स्थानीयले पाीभित्रै मृत्यु भइसकेको शव उद्दार गरेको बताइएको छ । प्रमिला रघुमाता माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत थिइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?