वेलिंटन । न्यूजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चाल्र्सका प्रतिनिधिको रूपमा रहनुभएका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको हो ।
कारमेल सेपुलोनीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ । शपथ ग्रहणपछि ४४ वर्षीय प्रधानमन्त्री हिपकिन्सले आफू अगाडिका चुनौतीका कारण निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ज्यासिण्डा अर्डनले परिवारलाई समय दिन नसकेको र चुनौतीहरू कारण थकित भएको भन्दै गतहप्ता स्वेच्छिक रूपमा पदत्यागको घोषणा गर्नुभएको थियो ।
स्पष्टवक्ता हिप्किन्स कोभिड-१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित छन् । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।
विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुनुहुन्छ । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजधानी वेलिङ्टनस्थित भिक्टोरिया विश्वविद्यालयमा अपराधशास्त्र र राजनीति अध्ययन गर्नुभएका नवनियुक्त प्रधानमन्त्रीले औद्योगिक प्रशिक्षण क्षेत्रमा केही समय काम गर्नुभएको थियो ।
सन् २००८ मा संसद् सदस्य हुनुअघि उहाँ शिक्षामन्त्रीका वरिष्ठ सल्लाहकार तथा भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कका वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच