काठमाडौं । प्राबिधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिइभीटी) का सदस्य सचिव जीवनारायण काफ्ले लगायतका कर्मचारीले आर्थिक अनियमितता गरी चार नर्सिङ कलेजलाई सम्बन्धन दिएको समाचार प्रकाशित भएपछि सिटिइभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री शिशिर खनालले ब्रिफिङ स्थगित गर्नुभएको छ । ब्रिफिङ लिन जानेदिन मंगलबार सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री खनालले ब्रिफिङ कार्यक्रम स्थगित गर्नुभएको हो ।
ब्रिफिङ कार्यक्रम स्थगित भएपछि आत्तिएका सदस्यसचिव काफ्ले र उपाध्यक्ष खगेन्द्र अधिकारीले पुन : ब्रिफिङको समय माग गर्दा मन्त्री खनालले हाललाई स्थगित भएको जवाफ दिनुभएको थियो । सम्बन्धनलगायत अन्य विषयमा करोडौं रुपैयाँ आर्थिक अनियमितता लागेको आरोप खेपिरहेका सदस्यसचिव काफ्लेले मन्त्रीलाई अहिले फकाउन मन्त्रीको सचिवालयमा पुग्ने गरेका छन् ।
पछिल्लो समय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेसँग मिलेमतो गरी मापदण्ड नपुगेका नर्सिङ कलेजलाई धमाधम सम्बन्धन दिन थालेको सिटिइभीटीका कर्मचारीको आरोप छ । सदस्य सचिव काफ्ले र उपाध्यक्ष अधिकारीले स्तरका निर्देशक टैलेन्द्र आचार्य कर्मचारी खेम पोखरेल र विजेश वस्नेत मिलेर सम्बन्धन दिएको खुलेको छ । निर्देशक आचार्यले हरेक काम ज्वाइ पोखरेलमार्फत अघि बढाउँदै आउनुभएको छ ।
वास्तवमा मन्त्री खनालले सम्बन्धन दिने र अनुगमन गर्ने अधिकार मन्त्री आफैँले राखेर केही समयको लागि सम्बन्धन दिने काममा रोक लगाए संस्थाको साख जोगिने कर्मचारीले बताउँदै आएका छन् । हरेक कलेज सञ्चालकसँग रकम लिएर मात्र विषय थप, स्तरवृद्धी र अनुगमन गर्ने गरेका सदस्य सचिव काफ्लेको कारण संस्था बदनाम भएको कर्मचारीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच