सागका विजेता खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । किरात राई खेलकुद संघले नेपालमा आयोजना भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किरात राई खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । संघको आफ्नो १०औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किरात राई खेलाडीलाई सम्मान गर्नुभयो । उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाले यस क्षेत्रको विकास गर्नसके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभयो ।

सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ ।

त्यसैगरी हृयाण्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रञ्जना राई, भारोत्तोलनकी अस्मिता राई र संगीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो । बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्रसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?