काठमाडौं । ललितपुर जिल्ला टेबल टेनिस क्लबको आयोजनामा हुने पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितालाई मेटल सप/मेटल उड तथा डिएचएस र लिनिङले सह-प्रायोजन गर्ने भएका छन् । सोसम्बन्धी सम्झौता पत्रमा आइतबार आयोजक र सह-प्रायोजकबीच हस्ताक्षर भएको छ । आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, मेटलका प्रमुख कार्यकारी अधिकृत निरोज जोशी र लिनिङका महाप्रबन्धक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
प्रतियोगिताका लागि मेटलले अनुमानित २२ लाख ५५ हजार बजेटमध्ये २५ प्रतिशत रकम आयोजकलाई उपलब्ध गराउनेछ । मुख्य प्रायोजनबापत कुल बजेटको ५० प्रतिशत उपलब्ध गराउने गरी सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि र आयोजकबीच सम्झौता भइसकेको छ ।
डिएचएसले प्रतियोगितालाई आवश्यक पर्ने खेल सामग्री दिने भएको छ भने लिनिङले पदक विजेता खेलाडीलाई गिफ्ट हृयाम्पर र आयोजक कमिटीलाई पोशाक उपलब्ध गराउनेछ ।
विभिन्न सात स्पर्धा समावेश प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा दुई सय पुरुष र ५६ महिला गरी २५६ खेलाडी सहभागी हुनेछन् । विदेशीतर्फ भारतबाट नौ, बेलायतबाट दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक-एक खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच