भोजपुर । भोजपुरका पुराना कवि शेरबहादुर मोक्तानलाई भोजपुर प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
मोक्तान भाइको नामले परिचित उहाँलाई भोजपुर प्रतिभा पुरस्कार २०७९ बाट सम्मान गर्न लागिएको हो । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुर अन्तर्गत स्थापित उक्त पुरस्कार मोक्तानलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष सुवाश बिभासले जानकारी दिनुभयो ।
मोक्तानका मेरा भूतकालीन बकपत्रहरु, बिर्सिएका अनुहारहरू, संक्षिप्त बुद्ध महिमा, याम्बु क्याप्सुङ्छे’ लगायतका कृतिहरू प्रकाशन भई सकेका छन ।
२०७८ सालमा स्थापना भएको यो पुरस्कार प्राप्त गर्ने उहाँ पहिलो सर्जक हुनुहुन्छ । पुरस्कारको राशी २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष प्रतिष्ठान स्थापना दिवसको दिन हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष विभासले जानकारी दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच