बजेट पारित गर्न मत विभाजन हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेट पारित गर्न मत विभाजन हुने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि सभामुख देवराज घिमिरेले मत विभाजनको प्रक्रिया अगाडि बढाउनु भएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।

यसअघि बजेटको विरोध गर्दै प्रतिपक्षी दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सदन अवरोध गरेका थिए।

अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?