मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 1 min

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राख्नुभएको छ ।

अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गर्नुभएको छ। सूर्य चिह्नका उम्मेदवार कमल थापा ६ सय ३८ मत प्राप्त गर्दै प्रतस्पर्धामा रहनुभएको छ ।

यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?