बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

Read Time = 1 min

हेटौंडा । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ । प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्नुहुनेछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?