फोर्स गाडीमा रिलायन्सको सहुलियत कर्जा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ । आयाम इन्टरकन्टिनेटलका अध्यक्ष डा. धु्रव थापा, रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै फोर्स मोटर्सका गाडी खरिद गर्न चाहने ग्राहकलाई दशैँ र तिहारका अवसरमा कम्पनीले आकर्षक योजना सार्वजनिक गरेकोे छ । बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यासब्याक, एक्सचेन्जमा कम्तीमा चार लाखको मूल्यांकन, एक वर्षको मर्मतसम्भार खर्च र बिमा फ्री लगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?