नेपाल विज्ञापन संघ आनको २३औं साधारण सभा सम्पन्न

Read Time = 5 mins

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो २३औं वार्षिक साधारण सभा मनाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आनले साधारण सभा सम्पन्न गरेको हो । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले प्रमुख आतिथ्यता गर्नुभएको कार्यक्रमको अध्यक्षता सोमप्रसाद धितालले गर्नुभएको थियो ।

बिहान बन्द शत्रबाट सुरु भएको साधारण सभा लगत्तै विज्ञापन उदेश्य उपलव्धी र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया गरिएको थियो । जसको पहिलो सत्रको सहजिकरण अध्यक्ष सोमप्रसाद धिताल र प्यानलिष्ट विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाई र दोस्रो सत्रको सहजिकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरूमा मिडिया सोसाइटिका अध्यक्ष शुभ शंकर कडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल प्यानलिष्टले गर्नुभएको थियो ।

कार्यक्रममा संघका सदस्य एजेन्सीहरूले विज्ञापन उद्योग ऐन नियम कार्यविधि आचार संहिताको बारेमा विभिन्न जिज्ञाशा र प्रश्नहरू राखेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, अतिथिहरूमा संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारिहरू, विज्ञापन बोर्डका प्रतिनिधिहरू र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरूको बारेमा सभालाई जानकारी गराउँदै समस्या समाधानमा विशेष पहल गर्न अनुरोध गर्नुभयो । संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गर्नुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले बोर्डबाट काम भैरहेको र धैर्य गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नु हुँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताउनु भयो ।

सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले यस क्षेत्रका समस्याहरू लिखित रुपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उदघाट्न शत्रको समापन गर्दे अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डले विज्ञापन उद्योगको विकासमा जोड्दार माग गर्नुभयो ।

करिव दुई घण्टा चलेको उद्घाटन सत्रमा नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्पनीहरूलाई उहाँहरुबाट विज्ञापन क्षेत्रमा निरन्तर पु¥याएको योगदानको कदर गर्दै विज्ञापनदाता तर्फ चौधरी ग्रुप, एनसेल आजिएटा, डावर नेपाल, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला), शंकर ग्रुप, जाउलाखेल ग्रुप अफ इन्डष्«िट, एनआइसी एसिया बैंक लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञापन एजेन्सी तर्फ मेकवेज, आउटरिच नेपाल, थम्पसन नेपाललाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?