बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर– १ को उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार दमनबहादुर भण्डारीको बुवाको दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो ।
उहाँको बुधबार भ्यागुते खोलाको सेती दोभानमा अन्तिम संस्कार गरिएको हो । उहाँको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।
श्रद्धाञ्जलि सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनु भयो । ‘आगामी १५ गते यहाँ उपनिर्वाचन हुँदैछ निर्वाचन उत्कर्षमा पुगेको बेला यस्तो दुःखद घटना सुन्नु परेको छ’ ‘यो शोकलाई अब शक्तिमा बदल्नु पर्ने थापाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच