राष्ट्रिय बेइमानी

Read Time = 13 mins

✍️ सुरेश भट्ट

नेपालमा २००७ सालको परिवर्तनपछि फाट्टफुट्ट नेपालीहरूले पनि अमेरिकाको नाम लिने सुन्ने गरेको बुझिन्छ । २०१७ सालपछि शक्तिमा हुनेहरू र उनीहरूको पहल र आफ्नै बौद्धिक बलबुतामा छात्रवृत्तिका लागि नाम निकाल्न सफल तेज दिमागवाला एकाध विद्यार्थीहरू पनि प्रवेश गरेका थिए । जब २०४६/०४७ को आन्दोलनले परिवर्तन ल्यायो त्यसपछि विदेश जानेहरूको संख्यामा वृद्धि भयो । विदेशले पनि भिसा दिने क्रम बढायो । जब माओवादी सशस्त्र विद्रोह भयो हिंसात्मक गतिविधि कारण व्यापक रूपमा सुरक्षार्थ युवाहरू विदेशतिर पलायन भए ।

अमेरिका अष्ट्रेलिया क्यानडा र खाडीका मुलुकहरूमा व्यापक रूपमा नेपालीहरूको विदेशिने क्रम बढ्यो । २०६२/०६३ को चौथो जनआन्दोलनपछि विस्तारै मुलुकमा शान्ति स्थापना हुन थालेपछि विदेशिएका केही युवा नेपालीहरू स्वदेशमै केही गरौँ भनेर फर्केर काम गर्न सुरु गरे । कृषि, पशुपक्षी पालन, तरकारी खेती, फलफूल र केही युवा मुलुकमा पद्धति परिवर्तनपछि केवल नेताका परिवारमा परिवर्तनको प्राप्ति र सुविधा सीमित हुँदा जनमानसमा विकल्पको खोजी सुरु हुँदै गर्दा त्यसलाई ‘क्याच एण्ड क्यास’ गरी राजनीतिमा आफूहरूलाई स्थापित गर्ने महत्वाकांक्षा बोकी केही सञ्चार क्षेत्रमा काम गरेका र गरिरहेका युवाहरू समकालीन राजनीतिक नेत्रृत्वका कमजोरी र स्वार्थको भण्डाफोर गर्दै जन समर्थन बटुल्न सफल पनि भए । तिनैमध्येका भरसलाग्दो र जनताले यसले त केही गर्छ कि भन्ने आशा देखेका युवा हुन रवि लामिछाने ।

मन बाहिर तन नेपाल नै फड्के हो । यता बिग्रे उता फुत्त फड्कने । एउटा सत्य उजागर गर्न सर्वोच्चको फैसला स्वागतयोग्य छ-कुनै पनि दलका नेताले नेपालमा फड्केको राजनीति नगरून् किनकि रविको जसरी नै देखिनु जरुरी छ ।

जनमनमा थोरै समयमा छिट्टै जनमनमा बस्न सफल भए किनकि जनताको मन जित्ने सामाजिक क्षेत्रका कामगरी जनतालाई हात र साथ दिए । जनता वर्तमान नेत्रित्वको विकल्प खोजिरहेको थियो यही युवा विकल्प हुनसक्छ भन्नेमा जनमन जाँदैथियो आमनिर्वाचनमा विकल्पको रूपमा मत जाहेर पनि गरिदिए जनताले भने रविलगायत युवाले विकल्पको जनमनलाई ‘क्याच एन्ड क्यास’ गर्न पनि सफल भए । आफ्नो गरिखाने आशन गुमेकोमा र गुम्छ कि भन्नेहरूमा छटपटी पनि उत्तिकै सुरु भयो । कहाँबाट के गरेर यो हुण्डरीबाट बच्ने भन्ने सोचमा विस्थापित पनि लाग्दै गए ।

अनि अलिकता घाउ लागेपछि हरियो माखा बस्नुपर्छ औंस्याहा किरा परिहाल्छ नि त्यही भयो सामान्य प्रक्रियामा रवि चुके बेवास्था गरे स्यालको ऐरा जाँदा बाघको खजाना बोक्नु पर्नेले हौसिएर भुले परिणाम नसोचेको सपना हो कि विपना हो पो भयो । फड्केमा राजनीति गर्न आए जस्तो भयो । एक ठाउँमा आसन जमाउने अर्को ठाउँमा जाने काम गर्नेलाई फड्के भनिन्छ अर्थात् एक ठाउँको रस्तिबस्ती अर्को ठाउँको गस्ती गर्नु नै फड्के हो । विदेशमा परिवार सेटल गरेर नेपालमा राजनीति गर्नेहरू हिमालदेखि तराईसम्म छपक्कै छन् चाहे अमेरिका क्यानडा अष्ट्रेलिया वा भारत नै किन नहोस् यी नेतालाई फड्केमा राजनीति गर्ने भन्न खोजिएको हो ।

को कता पर्छ थाहा छैन जुन दलका हुन् । मन बाहिर तन नेपाल नै फड्के हो । यता बिग्रे उता फुत्त फड्कने । एउटा सत्य उजागर गर्न सर्वोच्चको फैसला स्वागतयोग्य छ-कुनै पनि दलका नेताले नेपालमा फड्केको राजनीति नगरून् किनकि रविको जसरी नै देखिनु जरुरी छ किनकि नेपालमा सत्ता पाउँन सकुन्जेल नेपाली राजनीति र नेता नपाउने बित्तिकै कि क्यानडा, कि अमेरिका वा अष्ट्रेलिया अनि नेपालबाट भारत भारतबाट नेपाल गर्ने यसरी मन बाहिर तन नेपालमा गरेर राजनीति गर्नेहरू सबै दलमा छन् । तिनलाई यसरी फड्केमा बसेर राजनीति नगर भनेर अब भन्ने कि नभन्ने ?

त्यस्ता फड्केमा राजनीति गर्नेले कसरी राष्ट्र र जनताको हितमा राजनीति गर्छन् भनेर पत्याउने ? अबको यक्ष प्रश्न यो छ ।
कच्चा सुपारी मुख कच्चपच्च
पक्का सुपारी मुख लाल,
गुणिका संगत करियतो गुणिनै होवे
बैगुनीका संगत करियतो दिनदिन आए अबगालय हुई ना बात ? काम कच्चा भयो र पनि धन्यवाद छ रवि नजिर बनिदिनु भयो । सानोतिनो कुरामा ध्यान नदिनाले तर तपाईंको नागरिकता फेरि पनि बनिहाल्यो नि प्रक्रियामा जानासाथ ।

किनकि तपाईं वर्तमानमा आशालाग्दो मान्छेका रूपमा युवा ब्रिघ्रदा राजनीतिक अराजनीतिक सबैले साझा प्रतिनिधि मानेका हुन् मान्छन् तर नेपालमा राजनीति गर्न नेपाली नै भइदिनुस् । बस तपाईंको भविष्यसँगै सबैको आशातित भविष्य छ हुनेछ अहिले यत्ति तपाईंलाई भनेँ । यो देश चलाउने शासक सम्यन्त्र कति कच्चा रहेछ ? यो त अब सबैको अगाडि छर्लंग भयो नि । कि भएको छैन ? हुनुपर्छ ।

यति खेर नचाहेर पनि मुलुक चलाउनेहरूलाई गाली दिनै परेको छ । जो गल्ति गर्छ उसलाई नभनेर अरूलाई किन गाली गर्नु नि ? कुरा यस्तो देखियो । नेता र शासन नामका तिमीहरूलाई पद पाए र आफ्नो स्वार्थ पूरा गर्न पाए विधि विधानको वास्तै नगर्ने रहेछौ होइन ? मुद्दा त चल्दै थियो नि ? यो दल ऊ दल होइन सबै दलका पद हत्याउन ख्वाब राख्नेहरू सबै सबै र तिम्रा हरूवाचरुवाहरू समेत कुन चाहिँको नाकमा फोहोर लागेको छैन र महाशय ? रविको मात्रै हो ? निर्वाचन आयोगको मात्रै हो ? अन्त देखाएर नपन्छ शासनमा बस्ने तिमीहरू, दोष अरूलाई ?

रवि त एउटा आए । तिमीहरूले त गाँज बगालै भित्य्राएर भोट बैंक बनाउन इण्डियनलाई नागरिकता दिन एनआरएनको द्वैध नागरिकतामा मिसाएर छिराउन राष्ट्रपतिकहाँ पठाएको होइन ? एनआरएनको मात्रै पठाएको भए रोक्नुपथ्र्यो रोक्न मिल्थ्यो ? तिम्रा नियत चाहिँ सबै ठीक रविको मात्र बेठीक ? तिमीहरूले नयाँ भित्र्याउन खोज्यौ रवि हिजो थियो त्यसैले होला त नि भन्यो उता छोड्यो यता आयो अनि यो गल्ति के रविको मात्र हो ? किन रोकेनौ चुनावमा ? किन रोकेनौ दल दर्तामा ? किन रोकेनौ मुद्दा चल्दै गर्दा ? चितवनमा के के भयो के के ग¥यौ ? जनताले एउटा भरसलाग्दो युवा आयो ऊ आउन पाउने हो कि होइन किन खोज्ने ?

तिमीहरू सरकारमा बस्ने के राज्यको सम्पत्ति खाएरमात्र बस्ने हो ? जिम्मेवारी निर्वाह गर्नु पर्दैन ? तिम्रा उमेर आठ दसक होस् कि सात दसक तर तिमीहरू कच्चा/आलाकाँचा नै रहेछौ स्वीकार । स्वीकार्दैनौ भने तिमीहरू मुलुकविरोधी राष्ट्रघाती हौ विदेशी भित्र्याएर मुलुकमा शासन गर्न खोज्ने राष्ट्रिय बेइमान । अहिले पनि रवि र रविको दललाई पक्षमा लिन जे पनि गर्न तयार छौ, गरिरहेका छौ । ओलीलाई गठबन्धन टुटाउनु छ, प्रचण्डलाई प्रधानमन्त्री हुनुछ रविलाई पनि अवसरलाई क्याच एण्ड क्यास गर्नु छ, तालमेल मिले देउवालाई प्रधानमन्त्री हुनै छ, मुलुकको सोच कोसँग छ त ? व्यक्तिगत स्वार्थ बाहेक ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत न्यायिक टिमलाई राष्ट्रिय सलाम जसले समकालीन नेता, दल, राज्य सञ्चालन संयन्त्र सबैलाई काँचो काम नगर तिमीहरू पनि जिम्मेवार छौ भनेर सचेत गरायो केवल रविलाई मात्र होइन ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका न्यायिक टिमलाई राष्ट्रिय सलाम जसले समकालीन नेता, दल, राज्य सञ्चालन संयन्त्र सबैलाई काँचो काम नगर तिमीहरू पनि जिम्मेवार छौ भनेर सचेत गरायो केवल रविलाई मात्र होइन । रवि त फेरि पनि नागरिकता पाऊँ भनेर आए र पाए तर तिमीहरूको शासनकालको र दलहरूको नेताको यो कालो कच्चा कार्यकाल मनपरी यो मुलुक रहेसम्म कालो कर्तुतको इतिहासको पानामा नमेटिने गरी लेखि नै सक्यो अब मेटेर मेटिँदै मेटिँदैन । तिमीहरू डामिई सक्यौ अब कसै गरे पनि चोखिँदैनौ ।

डामेको मेटेर मेटिँदैन । डामियो डामियो । यसको कारक रवि मात्र होइन तिमीहरू सबै हौ । राजनीतिको जलप लाएर लाजनीति छोप्ने धृष्टता नगर छोपिँदै छोपिँदैन । तिम्रा मुलुक चलाउने बुद्धिको कारखाना नांगो भइसक्यो अब भयो छोप्ने कोसिस नगर बरू राजनीतिबाट वर्तमानका सबै दलका शीर्ष भन्ने जतिले अहिले नै सन्यास लिइहाल । त्यसैमा तिमीहरूको र मुलुकको कल्याण हुनेछ ।

अब बरू ससम्मान सहज रूपमा आआफ्नै दलका इमानदारलाई नेत्रृत्व सुम्पेर बहिर्गमन हौ । अझै यो मुलुक र यसको शान मान दृष्टिबन्धक राख्ने कोसिस नगर । इतिहास निर्मम पनि हुन पुग्छ राम्रो ख्याल राख बेलैमा । पछि आग लागे झुपडी डेढ घडी भद्रा होला आगो लागिसकेपछि कुवा खन्नुको कुनै अर्थ हुँदैन, मरेपछि औषधिमूलोको जस्तै । अस्तुः ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?