रियलमी सी ३१ नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । रियलमीले हालसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ नेपाली बजारमा ल्याएको छ । स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री रहेकाले स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

त्यस्तै उत्कृष्ट फोटोग्राफीका लागि १३ एमपी क्यामेरा रहेको छ । १७ हजार सात सय ९९ रुपैयाँमा चार जिबी ¥याम र ६४ जिबी रोमसहित उपलब्ध फोन मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘यो क्लासकै बेस्ट परफर्मिङ स्मार्टफोनका रूपमा रियलमी सी ३१ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै कम्फर्टेबल फोन रहेको छ । अत्यन्तै स्टाइलिसका साथै सुपथ मूल्यमा पनि उपलब्ध छ । हाम्रा हरेक स्मार्टफोन कडा क्वालिटी चेकपछि मात्र बजारमा जान्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?