श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच शिष्टाचार भेट, श्रम सम्झौताका विषयमा छलफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गर्नुभएको छ ।
शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो ।

बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र नविकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमीकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनु भयो । उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको बताउनु भयो । त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ । उहाँले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो । उहाँले कामदारहरुका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएका छन् । जसमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा छन् भने ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ । हामीले आजको बैठकमा मलेसियामा लागू हुन लागेको नयाँ श्रम नीतिका बारेमा छलफल गरेका छौँ । हामीले कामदारअनुकुलको नीति निर्माण गरिरहेका छौँ । यसको छिटै नै हामी नीति निर्माण गर्दैछौँ । कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ ।’

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
हालान्डको कीर्तिमानी गोल सात महिनाकी गर्भवतीले जितिन् करातेमा स्वर्ण पदक टी-२० त्रिकोणात्मक सिरिज : दक्षिण अफ्रिका च्याम्पियन मावली आएका युवाले गरे ७२ वर्षीया हजुरआमाको हत्या प्राकृतिक विपत्तिका मृतकको सम्झनामा गोल्डेन सुनगाभा स्कुलमा शोकसभा बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन [तस्वीरहरु] कांग्रेस महामन्त्री घिमिरेलाई प्रश्न : अद्यावधिक नभएका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने…