ज्वालामुखिमा अवैध बालुवासहितको दुई टिफर प्रहरी नियन्त्रणमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ्ग । धादिङ्गको ज्वालामुखी गाउँपालीका वडा नम्बर ५ स्थित बुंकोटघाटबाट अवैध बालुवासहित दुई टिफर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान अवैध रुपमा तस्करी गरेर बालुवा ल्याएको गोप्य सूचनाको आधारमा प्रहरी चौकी साँधभन्ज्याङ्गले अवैध रुपमा बालुवा बोकेर धादिङ्गवेशी तर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रदेश ३-००१- ख २२१७ र बागमती प्रदेश ००१-ख १२८० नम्बरको टिफरमा उनीहरुले बालुवा तस्करी गर्दै आएको प्रहरी सहायक निरिक्षक अमेरेन्द्र मण्डलले जानकारी दिनुभयो । उक्त गाडीका बिल बुक र लाइसेन्स समेत नभएको प्रहरीले जनाएको छ ।

ज्वालामुखि गाउँपालिकाले नै उक्त क्षेत्रमा बालुवा उत्खनन् गर्न अनुमति दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?