अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

Read Time = 2 mins

वासिंगटन । अमेरिकी प्रतिनिधिसभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल (बिहीबार) सिनेटले पारित गरेर हृवाइट हाउस पठाइँदैछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताउनुभएको छ । एक हप्ताको निरन्तर छलफलपश्चात् चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ ।

आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैर/रक्षा, घरेलु कार्यक्रमका लागि ७७२.५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ । यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ ।

यसले रुससँग चलिरहेको द्वन्द्वको बीच युक्रेनका लागि करिब ४५ अर्ब डलर आपतकालीन कोष पनि उपलब्ध गराउँदै छ । सैन्य गतिविधिमा ठूलो रकम खर्च गरेकोमा संयुक्त राज्य अमेरिकाको चर्को आलोचना भइरहेको बेला यो कोष आएको हो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?